प्रेस बिज्ञप्ति- ईन्जाको आफ्नो मार्ग चित्र सार्वजनिक, समुदाय बिचको सहकार्यको शूरुवात

image10

भर्जिनिया। नोभेम्वर १८
 

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल-ईन्जा) ले विदेशमा रहेका नेपाली समुदायसंगको साझेदारी कार्यक्रम आइतवार र्सार्वजनिक गरेको छ ।अमेरिकाको भर्जिनियामा आइतवार समुदायकोलागि आयोजित वेनिफिसिय लन्चन कार्यक्रममा ईन्जाले सामुदायिक पत्रकारिता र सामुदायिक दायित्व मार्फतआफुलाई समाजसंग जोड्ने घोषणा गरेको हो।
 

ईन्जाले र्सार्वजनिक गरेको कार्यक्रमलाई सहयोग पुर्याउने उदेश्यले कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाहरुले करिव २० लाख रुपिया (१८ हजार ३ सय१२ डलर) सहयोग प्रदान गर्नुभएको थियो । ईन्जाले समुदायलाई सहयोग पुग्ने गरी सामुदायिक पत्रकारिताको तालिम प्रदान गर्ने, विदेशमा रहेका नेपाली वालवालिकाहरुलाई नेपाली भाषा सिकाउन बालसंचार कार्यक्रम अन्तर्गत “छुनुमुन” नामक अनलाइन एप्लिकेशनको विकास गर्ने, सामुदायिक पत्रकारिताको प्रबर्दनका लागि अनलाइन स्थापनामा सहयोग पुर्याउने, नेपालीभाषा र संस्कृतिको प्रबर्दन गर्न समुदायसंग साझेदारी गर्ने लगायतका रहेका छन् ।
 

ईन्जाको अभियानलाई अगाडि वढाउन सोही कार्यक्रममा विभिन्न दाताहरुले वार्षिक सहयोग पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । वालवालिकालाई नेपाली भाषा र संस्कृति सिकाउने ईन्जाको बाल संचार कार्यक्रम अन्तर्गत  “छुनुमुनु एपको विकासको लागि भर्जिनिया निवासी गितकार अम्विका गुरुङ रअनलाइन पोर्टल व्रेक एण्ड लिंकसले सहयकार्य गर्ने भएका छन् ।
 

भर्जिनिया निवासी व्यवसायी तथा पत्रकार सुनिता खत्रीले सामुदायिक पत्रकारिता पुरस्कारका लागि इन्जासंग सहकार्य गर्न हरेक दुइ वर्ष १,१११ डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ भने साहित्यको क्षेत्रमा क्रियाशिल व्यक्तित्वलाई हरेक वर्ष पुरस्कृतगर्ने स्रष्टा सम्मानका लागि गितकारअम्विका गुरुङले सन् २०२० का लागि १ हजार १ डलर सहयोगप्रदान गर्ने घोषणा गर्नुभएको छ ।
 

ईन्जाले समुदायको सहयोगमा प्रदान गरिने पुरस्कारहरुको कार्यविधि चांडै नै र्सार्वजनिक गर्ने सोही कार्यक्रममा जानकारी गराएको छ । ईन्जाद्वारा स्थापना गरिएको ईन्जा अन्तराष्ट्रिय अवार्ड दुइ दिन अगाडि मात्रै हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयवावु सिवाकोटीलाई नेपालमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिसकिएको छ । कार्यक्रममा इन्जाले आगामी दिनमा आफ्नोदीगोपनकालागि प्रस्तुत गरेको कार्ययोजनालाईसमुदायका प्रतिनिधिहरुले स्वागत गर्दै सहकार्यका लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
 

ईन्जाले आगामी दिनमा समुदायसंग सहकार्य गर्दै स्थानीयस्तरका आवश्यकता वोध गरी थपयोजनाहरु निर्माण र कार्यान्वयन गर्ने नीतिगत निर्णय लिएको जानकारी गराएको छ ।सो अवसरमा एक प्रभावकारी सन्देश पठाउनु हुंदै नेपालका लागि पूर्व अमेरिकी राजदूत एवं इन्गेजनेपालका अध्यक्ष स्कट डिलिसीले ईन्जाको मुख्य सल्लाहकार रहेर इन्जासंग सहकार्य गरीअगाडि बढ्न तयार रहेको बताउनु भयो ।
 

कार्यक्रममा भिजिट नेपाल २०२० को विश्वव्यापी प्रचारर प्रसारका लागि ईन्जाले फ्रेन्डस अफ ईन्जाका प्रतिक दाहाललाई ईन्जाका तर्फबाट अमेरिकावाट सगरमाथा बेस क्याम्पको भ्रमण गराई नेपालको पर्यटकिय विकासकालागि नेपाल भ्रमण गर्न आव्हान सहितको एकलाईभ भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो।
 

कार्यक्रममा उपस्थित अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले भिजिट नेपाल २०२० लाई सफल वनाउन भूमिका निर्वाह गर्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गर्नुभयो । आफु अस्थायी राजदुत भएको तर अमेरिकामा वसोवास गर्ने नेपालीहरु स्थायी राजदुतभएको चर्चा गर्दै राजदुतकार्कीले नेपालीले सुरु गरेका सही अभियानहरुलाई विदेशमा वस्ने नेपालीहरुले सहयोग पुर्याउनु पर्ने कुरामा जोड दिनुभयो ।
 

पर्यटन विकासका लागि नेपाल सरकारका डिसी मेट्रो क्षेत्रका प्रतिनिधि तथा अमेरिका नेपाल सोसाईटिका अध्यक्ष प्रभाभट्टराई देउजाले मर्यादित पत्रकारिता, समुदायमा ईन्जा कार्यक्रम, बाल संचारअन्तर्गतको “छुनुमुनु” कार्यक्रम लगायत ईन्जाले उठान गरेका एजेन्डाहरूले आफु प्रभावित भएको र ईन्जासंग सहकार्य गर्दै अगाडि बढने बचन बुद्दता व्यक्त गर्दै आफ्नो सस्थाका तर्फबाट १ हजार डलर सहयोगको घोषणा गर्नुभयो।
 

उक्त कार्यक्रममा गितकार अम्विका गुरूंगको पत्रकारमा समर्पित “ पत्रकार” नामक गिती एल्बम बिमोचनगरिएको थियो। उक्त गित प्रस्तुत गरिदा उपस्थित सवै पत्रकारहरू स्टेजमा आएर नॉचेका थिए। साथै गितकार अम्विका गुरूंगलाई उक्त गितका लागि ईन्जा परिवारलेहार्दिकधन्यवाद ज्ञापन गरेको थियो।
 

कार्यक्रममा सगुनका उप ब्यबस्थापक कविन्द्र सिटौलाले पत्रकार नामक कबिता पाठ गर्दै ईञ्जाको अभियान समुदायका लागि अत्यन्त महत्वपुर्ण रहेकोले सगुनका तर्फबाट १ हजार ५ सय डलर सहयोगको घोषणा
गर्नु भएको थियो।
 

ईन्जाको अवधारणाबाट पत्रकार र समुदायविचको सम्वन्ध र सहकार्यको महत्वलाई यस कार्यक्रम मार्फत प्रष्ट पारिएको भन्दै समुदाय प्रति पत्रकारहरूले गर्नु पर्ने कर्तव्यमा ईन्जाको यस अभियानलाई उपस्थित समुदायका व्यक्तित्वहरूले अत्यन्त सर्हानिय र प्रोफेसनल कार्यक्रम भनि प्रसंसा गरेका थिए।
 

संस्थाका संरक्षकहरु राम चन्द्र खरेल र योगेश उपाध्यायको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा भिजिट नेपाललाई प्रवर्दन गर्ने सामग्रीहरु प्रदर्शन गरिएको थियो ।
 

ईन्जाको अवधारणा, नीति , कार्ययोजना तथा सस्थागत बिकासका लागी मार्गदर्शन तर्जुमा गर्ने ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणी दाहाल तथा ईञ्जा निर्देशक किशोर सापकोटालाई हार्दिक धन्यवाद दिदै ईञ्जाले उहाहरुको उच्च मुल्यांकन गरेको व्यहोरा संरक्षकद्दयले सभा हलमा जानकारी गराउनु हुदा सभाहलले तालि बाजाई अनुमोदन गरेको थियो।
 

कार्यक्रमलाई ब्यबस्थित वनाउन " फ्रेन्ड्सअफ ईञ्जा " का युवाहरु परिचालित थिए। अनलाईन रजिस्ट्रेसन, अनलाईन पेमेन्ट सिस्टम तथा रियल टाईम रिसिप्टको ब्यबस्थापनका लागि "फ्रेन्ड्स अफ ईञ्जा " को टिसर्ट लगाएका युवाहरु सभा हलमा खटिएका थिए।
 

कार्यक्रममा कोष संकलनका लागि बरिष्ठ उपाध्यक्ष बिष्णु शितल तथा महासचिब शिब विस्ट, अतिथि सत्कारका लागि निर्देशक बिष्णुशर्मा ,लजेस्टिककालागि कोर्डिनेटर भुपेन्द्रथापा तथा अनलाईन कभरेजकालागि कोषाध्यक्ष सृजन ताम्राकार , निर्देशक उमेश शर्मा (डिसीनेपाल डट कम ) , संचार निर्देशक बिजय थापा (ईनेपलिन), तथा निर्देशक सुनिल हुमागाई (डिसीनेपाल डट कम ) तथा निर्देशक दोब ढकाल खटिनु भएको थियो।
 

सो कार्यक्रममा नेपाली पाठशाला सेन्ट्रलभिलका बालबालिकाहरु र आदर्श नेपाली समाज हर्नडनका बालबालिकाहरुको नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रमलाई सफल वनाउन जेन ट्राभल्स र वाटरफोर्डले समेत सहयोग पुर्याएका थिए । नेपाली वाल वालिकाहरुले नृत्य समेत प्रस्तुत गरेको कार्यक्रममा इन्जा अध्यक्ष गुणराज लुइटेलले समुदायको सहयोगकालागि हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
 

कार्यक्रमको संचालन संचारकर्मी सुदिप पोखरेल र ईन्जा नेटवर्किंग प्रमुख बर्षा भुजेलले गर्नु भएको थियो । नेपालमा रहदा संचार क्षेत्रसंग आफ्नो ७ बर्षकोआबद्दताका बारेमा चर्चा गर्दै संचालक पोखरेलले मिडियाकर्मीहरुसंगको यस भेट्ले आफुलाई उत्साहित बनाएको भन्दै ईञ्जाले यति छोटो समयमा समुदायबीच पाएको माया र ईन्जा नेटवर्किङ्ग संचालनमा बर्षाभुजेलको लगनशिलताको बर्णन गरेका थिए।
 

धन्यवाद!
   

​​​​​​​​​​ईन्जा मुख्यालय

वासिंङ्टन डिसी, अमेरिका


image11
image12

‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ पत्रकार अजयवावु सिवाकोटीला

image13

 

प्रेस बिज्ञप्ति-   ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ पत्रकार अजयवावु सिवाकोटीलाई

 

मिति: अक्टोवर ७ , २०१९

वाशिंगटन डि.सि


‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरिने भएको छ।


नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ।ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।


हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुव्र्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।


नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुंदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथों  स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न वाध्य मात्रैवनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ।


नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरु विरलै प्रकाशित भएका छन्।ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ।


समाचार प्रकाशनसंगै सम्पादक सिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहांको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह समेत गर्दछ।


अन्तमा, विजयादशमी २०७६ का उपलक्षमा ईन्जा सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

धन्यवाद!


​​​​​​​​​​ईन्जा मुख्यालय

वासिंङ्टन डिसी, अमेरिका


image14

 ईन्जाद्वारा मिडिया काउन्सिल विधेयकको निन्दा

मिति : मे ११, २०१९


अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) नेपाल सरकारबाट हालै संसदमा दर्ताभएको मिडिया काउन्सिल सम्वन्धी विधेयकले प्रस्तावित मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्रपत्रकारितामाथि अंकुश लगाउन सक्ने ठहरगर्दै यस कदम प्रति कडा आपत्ति जनाउन चाहन्छ ।

साथै नेपाल पत्रकार महासंघले नेपालमा शुरू गरेको दवाव र विरोधको कार्यक्रमप्रति इन्जाले एक्यबद्दता जनाएको जानकारी गराउंदै ईन्जाका सवै महादेशीय कार्यालय एवं सवै राजनीतिक दल, वुद्धिजिवी वर्ग र जनसाधारणलाई समेत यस अभियानलाई सहयोग प्रदान गर्न इन्जा अनुरोध गर्दछ ।

साथै ईन्जा उक्त विधेयक तत्काल फिर्ता लिई नेपालको संविधानको मूल भावना, प्रेस  तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मुल्य, मान्यताका आधारमा उक्त विधेयकका विवादास्पद दफाहरुलाई तुरुन्त संसोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ ।

इन्जा मुख्यालय ,
वाशिङ्गटन डिसी, अमेरिका

INJA delegate meets President Bidhya Devi Bhandari

Gunaraj Luitel, chairman of INJA presenting a memorandum to Bidya Devi Bhandari, the president of Nepal

image15

New York, (INJA News network) March 13. 2019


A delegation of the International Nepali Journalist Association (INJA) met Bidya Devi Bhandari, the president of Nepal, to inform the aim, objectives and the purpose of the organization. INJA submitted to her a memorandum about its expectations from Nepal government and its own commitment to strengthen Nepali journalists. 


President Bhandari was in New York, the headquarters of United Nations (UN), to attend the 63rd session of the Commission of the Status of Women (CSW-63). About 2 hundred Nepali Journalists are in the United States writing for different media. In the memorandum, INJA highlighted the current situation of Nepali journalists in the USA and the world. 


Gunaraj Luitel, chairman of INJA, informed to the president Bhandari about formation of INJA in Asia, Europe, America and Australia. President Bhandari congratulated the organization for connecting the Nepali journalists across the world. “President showed her concern about the situation of Nepali women journalist in the United States”, Sachchi Mainali, a member of delegation told to the INJA news network. Similarly, INJA communication Director Bijaya Thapa and INJA executive member Tara Bhattarai briefed to the president about the situation of Nepali online media. 


The INJA delegation was invited in the dinner program, hosted by Nepali Embassy in honor of president Bhandari. 

image16
image17

ईन्जाको अनुगमनमा सहयोग गर्न अनुरोध!

मार्च २, २०१९ 

अन्तराष्ट्रिय नेपाली पत्रकार  संघ (ईन्जा) ले सम्बन्धित क्षेत्रका विज्ञहरुको संलग्नता र सहयोगमा एनआरएनए अमेरिकाको सदस्यता वितरण, त्यसकालागि मॉग गरिएको अत्यन्त निजी तथा व्यक्तिगत विवरण, यसलाई लिएर भएको मत मतान्तर, आलोचना, विवाददेखि लिएर आसन्न एनआरएन अमेरिकाको चुनावसम्मका ईथिकल गतिविधिहरुको एक स्वतन्त्र अनुगमन गरिरहेको ब्यहोरा सवैमा जानकारी गराउन चाहन्छौं ।

हाम्रो स्वतन्त्र अनुगमनको दायरामा देहाय बमोजिमका पक्षहरु समेटिने छन्- 

१. सम्बन्धित विषयमा समाचार वा विचारको  प्रवाह, आसन्न एनआरएनएको निर्वाचनका लागी प्रत्यासी उम्मेदवार तथा सस्थासँगको झुकाव लगायतका बिषयमा सवै मिडिया र यिनले गरेका प्रचार प्रसारका सामाग्री , तिनको स्वरुप, आसय र सापेक्षता ।

२. एनआरएनए कार्यसमिति, सल्लाहकार समिति, एनआरएनए स्टेट च्याप्टरहरु, पदाधिकारीहरु र सवै उम्मेदवारहरूका निर्णय, विचार संप्रेषण र विषयबस्तु सम्बन्धि विविध गतिविधि !

३. एनआरएन आईसीसीर एनआरएनएको चुनावी आचारसंहिताको परिपालनाको अवस्था।

यो  अनुगमन र अनुसंधान कार्य पूर्णत: स्वतन्त्र र सन्तुलित हुनेछ । हामीलाई अनुगमनको लागि सूचना आउने क्रम जारी रहेको छ । हालसम्म हामीलाई सूचना र जानकारी दिनुहुने सबैलाई एकमुष्ठ धन्यबाद दिदै यदि तपाई पनि ईन्जाको यस स्वतन्त्र अनुगमनमा सहयोगी हुन चाहानु हुन्छ भने आफ्नो सूचना हाम्रो आधिकारिक इमेल info@injaglobal.org वा https://injaglobal.org/contact-us-1 मा गएर पनि पठाउन सक्नुहुनेछ ! 

डायस्पोराका हाम्रा नेपाली समाज र संस्थाहरुको संचालन गैर राजनीतिक, गैर नाफामूलक, पारदर्शी होस र नेतृत्व सत्प्रतिशत जवाफदेही एवं सेवामुखी होस् भन्न् अभिप्रायले यो कठीन अध्ययन र पेचिलो कामको शुरूवात हामीले गरेका छौं । अनुगमन र अनुसन्धान समूहले प्राइभेसी एक्ट,  ब्यक्तिगत र प्रेस स्वतन्त्रताका सीमा र दायरालाई उच्च महत्व दिने विश्वास दिलाउछौं । एक जनाले कन्फिडेन्सियल रूपमा दिएको सूचना अर्को जनालाई कुनै पनि हालतमा शेयर गरिने छैन। 

हाम्रो अनुगमनको प्रतिवेदन सार्वजनिक भएपछि यसले तत्कालिन रुपमा र भोलि दीर्घकालीन रुपमा पनि समस्याको समाधान गर्दै आदर्श प्रक्रिया, विधि र प्रक्रिया स्थापित गर्न मद्दत पुग्ने कुरामा हामी विश्वस्त छौं । 

सहयोगका लागी सवैमा धन्यवाद तथा आभार !


धन्यवाद,
ईन्जा मुख्यालय  

वाशिंगटन डिसी। 


CLICK HERE AND FIND THE FORM

image18

संबेदनशील सूचनाको गोप्यता र सुरक्षाबारे प्रेस विज्ञप्ति

फेरवरी ०५, २०१९
 

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरुवीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकास गर्न जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न कटिबद्द रहेको छ । 
 

गैर आवासीय नेपाली संघ (एनआरएन) ले संसार भरिका नेपालीहरुलाई यसको सदस्य बनाउदै आएको छ । यसको केन्द्रीय कार्यालय-आईसीसी देखि लिएर विभिन्न देशहरुमा गठन भएका यसका च्याप्टरहरुले आफ्ना सदस्यहरुको संबेदनशील सूचनाको गोप्यता र सुरक्षा कसरी प्रदान गर्दछ ,   सदस्य बनाउन आवस्यक पर्ने भनि लिईएका त्यस्ता सम्बेदनशिल डाटाहरु एनआरएन भित्र  कति सुरक्षित छन् भन्ने विषयमा अहिले सदस्यहरु र विज्ञहरु वीचमा बहस चलेको देखिन्छ । विषेशत: एनआरएन अमेरिका च्याप्टरले यसैपल्ट देखि लागू गरेको नयां सदस्यता फारममा सदस्यहरुबाट उनीहरुको आइडी र अन्य ब्यक्तिगत सूचना  राख्नै पर्ने ब्यबस्था गरे पछी   सदस्यहरुले आफ्नो महत्वपूर्ण ब्यक्तिगत सूचनाको सुरक्षा हुने ग्यारेण्टी नभएको भन्ने गुनासो सार्वजनिक रूपमा गरेका छन भने एनआरएनएले आस्वासन दिदै आफ्नो  वेवसाईटमा एस एस एल सर्टिफिकेट अन्तर्गत सदस्यहरुका संबेदनशील सूचनाहरु गोप्य र सुरक्षित रहने जानकारी दिएको छ। यस सम्बन्धमा अमेरिका हेडक्वाटर रहेको पत्रकारहरुको संस्था ईन्जाको ध्यानाकर्षण भएको छ ।
 

सस्थाको पहिचान र बिश्वासको मापन नै त्यस सस्थाको गतिबिधी र उपलब्धी हो । सस्था र सुमुदाय बिचको बढदो अविश्वाशको बाताबरण साच्चै नै चिन्ताजनक बिषय भएको ईन्जाको ठहर छ । यसै प्रसँग र बिषयमा एनआरएन अमेरिकाको क्षमता अभिबृद्दी गराउदै नेपाली समाजमा एक गरिमामय सस्थाका रुपमा स्थापित गराउन ईन्जाले आफ्नो तर्फबाट सुधारमुखी सुझावहरु पेश गर्न चाहान्छ । 
 

सर्वप्रथम त एनआरएनएले सदस्यता आवेदन प्रकृयालाई ब्यवस्थित बनाउन गरेको प्रयासको ईन्जा प्रशंसा गर्दछ । तथापी, समुदायको बिश्वाश जीत्दै सदस्यता बितरण कार्यक्रमलाई नियमित रुपले अगाडी बढाउन अनुरोध गर्दछ ।
 

साथै एनआरएनएले गरिरहेको सदस्यहरुको अति गोप्य डाटा संग्रह, डाटा भेरिफिकेसन, यसको प्रयोग र सुरक्षा प्रकृया सम्बन्धमा सदस्यहरुबीचबाट आएको गुनासोलाई ईन्जाले अति महत्वको विषयको रुपमा लिएको छ । Privacy Act र यो संग सम्बन्धित धेरै कोड एवं एेनहरु लागू भएको अमेरिका जस्तो मुलुकमा सदस्यहरुका Personally Identifiable Information (PII) सुरक्षित गर्नु कुनै ब्यक्तिको मात्र नभै सिंगो एनआरएनको दायित्व हुनुपर्ने ईन्जाको ठहर छ ।  यस सम्बन्धमा कम्तिमा पनि देहाय बमोजिमका सुरक्षा सम्बन्धी कदम चाल्न ईन्जा एनआनएनएलाई हार्दिक आग्रह गर्दछ ।
 

  • अहिले एनआरएनएले संकलन गरेका सूचनाहरु भित्री (एनआरएन) र बाहिरी(ह्याकरहरु)  दुवै पक्षबाट चोरिन र दुरूपयोग हुन सक्ने खतरा भएकोले Privacy Act को पूर्ण पालना गर्दै कुनै पनि conflict of interest नभएको Third Party लाई Data handling को जिम्मा लगाउने । 
  • डाटा भेरिफिकेसन वा डाटा एक्सेस गर्ने एनआरएनए भितर वा इतरका कुनै पनि ब्यक्तिको Full Background Check गर्ने साथै उनीहरुलाई Privacy & PII Handling Compliance Training गराउने एवं Compliance Document वा कानूनी कागजाजमा हस्ताक्षर गराउने यस्तो Background Check पास नभएका वा Compliance Document हस्ताक्षर नगरेका ब्यक्तिलाई अति गोप्य ब्यक्तिगत सूचनासम्मको पहुंच नदिने । 
  • IT Database मा राखिएका डाटाहरुलाई थप सुरक्षाको लागि Encryption गरेर राख्ने ! Conflict of Interest नभएका ब्यक्तिहरुलाई मात्रै Database access दिने । 
  • डाटा एक्सेस गर्न Double Authentication को पद्दतिलाई लागू गर्ने ! 
  • निर्वाचनमा जाने निधो गरेका ब्यक्तिहरुलाई यस्तो सूचनाको पहंच नदिने । 
  • गोप्य डाटामा संझौता नहोस, डाटा चोरी नहोस भन्नका लागि एनआरएनए र एनआरएन आइसीसी समेतको पहलमा एक बृहत्तर संहिता तयार गरी लागू गर्ने । 
  •  यस पटकको आसन्न निर्वाचन अघि नै यी सवै कुरा लागू हुन नसके पनि सदस्यहरुलाई उनीहरुको संबेदनशील सूचनाको गोप्यता र सुरक्षाको प्रत्याभुती दिई यस दिशामा तुरून्तै काम शुरू गर्ने 

अन्तमा, हाम्रा सुझावहरुलाई सकारात्मक रुपमा लिदै नेपाली समुदायको भावना अनुसार एनआरएन अमेरिका र आइसिसिले आगामी दिनमा काम गर्ने हामीले बिश्वाश लिएका छौ । 

धन्यवाद,
ईन्जा मुख्य कार्यालय
अमेरिका

image19

ईन्जा एसिया गठन

 फ्रेवअरी ०८, २०१९
 

अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को एशिया च्याप्टर वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तराष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । वरिष्ठ पत्रकार पन्त यस अघिनै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्ष हुनुहुन्थ्यो ।


नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला (जापान), दीपक पुडासैनी (कतार) र मन्जु गुरुंग(कोरिया) रहनुभएको छ । समितिको महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । समितिको सदस्यहरुमा दीपक समिर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहनुभएको छ । यो तदर्थ समिती हो ।


उपाध्यक्षहरुले आफू कार्यरत देश देशमा 'ईन्जाका साथी' (फ्रेन्डस अफ ईन्जा) गठन गर्ने बैधानिक ब्यबस्था भए अनुसार नेपाल, जापान, कोरिया र मध्यपूर्व (कतार) मा पनि 'ईन्जाका साथी' गठन हुने छन । यसप्रकार सम्वन्धित देशको कानून अनुसार गठन भएका ' ईन्जाका साथी ' का अध्यक्षहरु त्यस क्षेत्रको सम्वन्धित ईन्जाको छेत्रीय समितीको सदस्य हुने प्रावधान राखिएको छ। साथै अध्यक्षले छेत्रीय समितीमा पत्रकारका हक हितमा काम गर्दै आएका सस्थाबाट तीन जना मनोनित गर्न सक्ने प्रावधान समेत रहेको छ ।

महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्यादित पत्रकारीताको बिकास तथा नेपाली भाषी पत्रकारहरुको हितमा काम गर्ने छन।


अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकास गर्न जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर-नाफामुलक, गैर-राजनितिक तथा गैर-सरकारी सामाजिक संस्था हो । 


धन्यवाद,
ईन्जा मुख्य कार्यालय
अमेरिका 

image20

प्रेस बिज्ञप्ति

 

 अप्रिल १ , २०१९


आईतवार साँझ आएको भिषण हावाहुरीले नेपालको प्रदेश नम्वर २ अन्तर्गत बारा, रौतहट र पर्सा जिल्लामा धेरै नागरिकहरुको अकल्पनीय मृत्युप्रति गहिरो दु:ख ब्यक्त गर्दै घटनामा मृत्यु हुने सबै नागरिकमा भावपूर्ण श्रद्दान्जलीका साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौँ।


साथै उक्त भिषण हावाहुरीमा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार तथा उपचारमा कुनै कसर नराख्न नेपाल सरकार लगायत सवै तह र तप्काका अगुवाहरूमा आग्रह गर्दछौँ।


ईन्जा मुख्यालय 

वाशिंगटन डिसी।अमेरिका