image18

Fact about Australia

Additional Information

 Australasia, also called Oceania or Australasia/Oceania, is the World’s smallest continent – 8,112,000 km² covering approximately 5.3% of the Earth’s land and 1.5% of the Earth’s surface.

It is situated partly in the Pacific ocean, bordered by the Indian Ocean to the west and the Southern ocean to the south.

The highest point is Mount Wilhelm (4509 m) in Papua New Guinea.

The longest river is the Darling river (2,739 km) which is a tributary of the Murray river in Australia.

Australasia is the flattest continent with much of Australia being desert.

Learn More

This is a content published by the naturalhistoryonthenet 

एनआरएन अष्ट्रेलियाको निर्वाचनमा ईन्जाको अनुगमन: ईन्जाको अनुगमनमा सूचना/प्रतिक्रिया दिएर सहयोग गर्न अनुरोध!

image19

  

मे ३, २०१९ 

 

अन्तराष्ट्रिय नेपाली पत्रकार  संघ (ईन्जा) ले सम्बन्धित क्षेत्रका विज्ञहरुको संलग्नता र सहयोगमा एनआरएन  अष्ट्रेलियाको सदस्यता वितरण देखी निर्वाचन सम्मका गतिबिधी र प्रकृयाहरुमा अनुगमन गर्ने भएको छ । त्यसकालागि सस्थाको बिधान, निती नियम र निर्णय प्रकृया ,सदस्यता बितरण बिधी, यसलाई लिएर भएको मत मतान्तर, आलोचना, सदस्यता भेरिफिकेसन प्रक्रियादेखि लिएर आसन्न एनआरएन अष्ट्रेलियाको  चुनावसम्मका विविध गतिविधिहरु, निर्वाचन आयोगले लगाएको आचारसंहिता, उम्मेदवारहरुले गर्ने चुनाव प्रचार प्रसारको तौरतरीका, आचार संहिताको परिपालना, साथै विविध ईथिकल गतिविधिहरुको एक स्वतन्त्र अनुगमन गर्ने ब्यहोरा सवैमा जानकारी गराउन चाहान्छौं । 

गैरआवासीय नेपाली संघको सस्थागत सुधार र सुद्दिकरणका लागी ईन्जाले एनआरएन अमेरिकाको बिवादित सदस्यता बितरण र आसन्न निर्वाचनका गतिबिधीहरुमा सुरुवाती अवस्था देखी स्वतन्त्र अनुगमन गरी रहेको छ ।

हाम्रो स्वतन्त्र अनुगमनको दायरामा देहाय बमोजिमका पक्षहरु समेटिने छन्- 

 

१. सम्बन्धित विषयमा समाचार वा विचारको प्रवाह, आसन्न एनआरएनको निर्वाचनका लागी प्रत्यासी उम्मेदवार तथा सस्थासँगको झुकाव लगायतका बिषयमा सवै मिडिया र यिनले गरेका प्रचार प्रसारका सामाग्री, तिनको स्वरुप, आसय र सापेक्षताको विश्लेषण ।

 

२. एनआरएन कार्यसमिति, सल्लाहकार समिति, एनआरएनए स्टेट च्याप्टरहरु, पदाधिकारीहरु र सवै उम्मेदवारहरूका निर्णय, विचार संप्रेषण र घोषणा पत्र एवं चुनावी आयब्यय लगायत विविध गतिविधि !

 

३. एनआरएन आईसीसी र एनआरएन अष्ट्रेलियाको चुनावी आचारसंहिताको परिपालनाको अवस्था।

 

४.उम्मेदवार वा विविध पक्षबाट हुनसक्ने राजनीतिक प्रभाव, गुटबन्दी र अस्वस्थ्य अभ्यासको । 

 

५. अष्ट्रेलियाको कानून र संबैधानिक अधिकारहरुको परिपालनाको पक्ष । 

 

६.मतदाताको सदस्यता लिन पाउने अधिकार र स्वतन्त्र रुपमा मतदान गर्न पाउने अधिकारको पक्ष । 

 

७.कार्यसमिति वा पदाधिकारीबाट विधान वा आचारसंहिता परिपालना भए नभएको पक्ष । 

 

८.चुनावी अभ्यासको दौरानमा कुनै प्राविधिक, व्यवहारिक वा प्रक्रियागत समस्या खडा भएमा त्यसको निरूपणमा गरिने निदानको पक्ष ।

 

९.समग्र चुनावी प्रक्रियाको पारदर्शीता र वैधानिकताको पक्ष । 

 

१०.अपनाईएका अति सकारात्मक र अनुकरणीय पक्षलाई डकुमेण्ट गर्नु पर्ने जरुरी । साथै विधि विधान र आचार संहिता विपरितका गतिविधिलाई पनि डकुमेण्ट गरिनु पर्ने आवस्यकता । 

 

यो अनुगमन र अनुसंधान कार्य पूर्णत: स्वतन्त्र र सन्तुलित हुनेछ । यदि तपाई पनि ईन्जाको यस स्वतन्त्र अनुगमनमा सहयोगी हुन चाहानु हुन्छ भने आफ्नो सूचना हाम्रो आधिकारिक इमेल info@injaglobal.org वा तल दिईएको फरम मा भरेर अन लाईन बाट  पनि पठाउन सक्नुहुनेछ ! 

 

डायस्पोराका हाम्रा नेपाली समाज र संस्थाहरुको संचालन गैर राजनीतिक, गैर नाफामूलक, पारदर्शी होस र नेतृत्व सत्प्रतिशत जवाफदेही एवं सेवामुखी होस् भन्ने अभिप्रायले यो कठीन अध्ययन र पेचिलो कामको शुरूवात हामीले गरेका छौं । यो अनुसन्धान एनआरएनको लागि अहिलेलाई एेना देखाउने र भोलिलाई सुधार गर्दै जाने ठूलो अवसर पनि हुनेछ । ईतिहासमा गएर यस डकुमेण्टले ठूलो महत्व राख्ने विश्वास पनि हामीले लिएका छौं । 

अनुगमन र अनुसन्धान समूहले प्राइभेसी एक्ट, ब्यक्तिगत र प्रेस स्वतन्त्रताका सीमा र दायरालाई उच्च महत्व दिने विश्वास दिलाउछौं । एक जनाले कन्फिडेन्सियल रूपमा दिएको सूचना अर्को जनालाई कुनै पनि हालतमा शेयर गरिने छैन। 

 

हाम्रो अनुगमनको प्रतिवेदन सार्वजनिक भएपछि यसले तत्कालिन रुपमा र भोलि दीर्घकालीन रुपमा पनि समस्याको समाधान गर्दै आदर्श प्रक्रिया, विधि र पद्धति स्थापित गर्न मद्दत पुग्ने कुरामा हामी विश्वस्त छौं । 

यस स्वतन्त्र अनुगमन प्रकृयालाई सफल बनाउन आवश्यक सहयोग र समन्वयका लागि एनआरएनए अष्ट्रेलियाको निर्वाचन आयोग, उम्मेदवारहरु, मतदाताहरु र यहॉको डायस्पोराका सवै सम्वन्धित महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ ।


धन्यवाद,
ईन्जा मुख्यालय, वाशिंगटन डिसी। 

INJA's Monitoring -NRN-Australia Election

Please provide your information about NRN Australia's upcoming election, campaign, activities, conflicts and your observations!

We keep your information confidential.

Thank you! 

International Network for Nepali Journalists - INNJA

45742 Smoketree Ter, Sterling, VA 20166, US

(703) 720-0360